कानेपोखरीमा दुई मोटरसाइकल जुधे, चालक सकुसल

Enepal Patra Pvt. Ltd. , ६४८  पटक हेरिएको

कानेपोखरी(मोरङ), ७ माघ । मोरङ कानेपोखरी – ७ मा विपरित दिशाबाट आएका दुई मोटरसाइकल जुध्दा चालकलाई भने केही भएन । दुर्घटना मङ्गबार साँझ भएको हो ।
पूर्व पश्चिम राजमार्गको कानेपोखरी चौकबाट ३ सय मिट पूर्व लेटाङ मोडिने ठाउँमा पश्चिम तर्फ जाँदै गरेको एमएल ०५ एच ४११९ भारतीय नम्बर प्लेटको मोटरसाइकल को ५ प ३७०६ नम्बरको मोटरसाइकलसँग जुधेको थियो । भारतीय नागरिकले चलाएको रोयल इन्इफिलड मोटरसाइकलले ठक्कर दिँदा को ५ प ३७०६ नम्वरको मोटरसाइकल तीन टुक्रा भएको थियो । नेपाली मोटरसाइकलमा क्षति पुगे पनि मोटरसाइकलमा सवार दुबै जना सकुसल रहेका छन् ।
दुबै मोटरसाइकल चालकहरू एकआपसमा मिलेपछि कानेपोखरी प्रहरीले मिलापत्र गरि छोडिदिएको छ ।

प्रकाशित मिति: २०२०-०१-२१ , समय : १८:१७:०६ , ४ वर्ष अगाडि