ईनेपालपत्र संबाददाता , ३ पटक हेरिएको
काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका बारेमा प्रश्न उठाएका छन् ।
गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्तिसमेत जनाएका छन्
`हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गर्दै भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’ उनले राज्यले गोपनिय राख्नु पर्ने बिषय सामाजिक सञ्जालमा भाईरल गराएको भन्दै आपत्तिसमेत जनाएका छन्।
प्रकाशित मिति: २०२६-०८-२४ , समय : १६:००:२१ , १ घन्टा अगाडि