सूचना प्रविधि विधेयक विरोधमा कांग्रेसले आज देशैभर विरोध गर्ने

Enepal Patra Pvt. Ltd. , ८०२  पटक हेरिएको

काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकको विरोधमा देशैभरबाट विरोध गर्ने भएको छ।

आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर विरोध गर्ने कार्यक्रम तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

सरकारले ल्याएको सूचना प्रविधि विधेयकले संविधानअनुसार नागरिकलाई प्राप्त स्वतन्त्रता हनन् हुने कांग्रेसको भनाई छ।

‘सूचना प्रविधि विधेयकलगायत नागरिक स्वतन्त्रता हनन् गर्ने खालका एकपछि अर्को विधेयक सरकारले ल्याएको विरोधमा ज्ञापन पत्र बुझाउन लागिएको हो,’ पौडेलले भन्नुभयाे । सेताेपाटी अनलाईनमा खबर छ ।

प्रकाशित मिति: २०२०-०१-१९ , समय : ११:३१:५२ , ४ वर्ष अगाडि