ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
कञ्चनपुर, १८ असार । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो । कञ्चनपुरका एसपी नेत्रमणि गिरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाए पनि उनी पक्राउ परेका थिएनन । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।
निर्मला हत्याकाण्डमा बिबादस्पद रहेका पत्रकार भण्डारीले केही दिन अघि फेसबुकवाट काठमाडौं जान लागेको र सो बिषयमा मिडियाहरूसँग कुराकानी गर्ने जनाएका थिए, सो हत्याकाण्डका बारेमा थप पोल खोल्ने जनाएको केही दिनमा उनी पक्राउ परेका हुन् ।
प्रकाशित मिति: २०२६-०७-०२ , समय : १०:१९:२७ , १ घन्टा अगाडि