प्रशान्त निराैला , ९ पटक हेरिएको
लेटाङ, १४ असार । महिनावारी व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम मोरङको लेटाङका दुई विद्यालयमा सम्पन्न भएको छ । ECCA Nepal को आयोजनामा स्थानीय लेटाङ काउन्सिलका सहजकर्ता गुनसा लिम्बू र प्रतिमा राईको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम असार १२ गते शुक्रबार श्री शान्ति भगवती माध्यमिक विद्यालय लेटाङ–४ र असार १४ गते आइतबार लक्ष्मी माध्यमिक विद्यालय लेटाङ–२ फडानीमा सञ्चालन गरिएको गुनसा लिम्बूले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थी, आमाहरू तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत महिनावारीसँग सम्बन्धित सही जानकारी, सरसफाइ, सुरक्षित व्यवस्थापन, प्याड तथा मेन्स्ट्रुअल कपको प्रयोग, महिनावारीका बेला अपनाउनुपर्ने स्वास्थ्य सावधानीलगायत विषयमा जानकारी दिइएको थियो । सहभागी विद्यार्थीहरूले महिनावारीबारे रहेका डर, लाज र भ्रम कम भएको तथा खुलेर छलफल गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन् ।
आमाहरूले पनि छोरीसँग महिनावारीबारे सहज रूपमा कुरा गर्न सक्ने वातावरण बनेको, पुराना गलत धारणामा कमी आएको र छोरीहरूको स्वास्थ्य तथा सरसफाइमा अझ ध्यान दिन प्रेरणा मिलेको बताएका छन् ।
कार्यक्रमपछि विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२६-०६-२८ , समय : १४:५२:३७ , १ घन्टा अगाडि