यशोधा फुड्सको दाबी, निश्चित ब्याच बाहेकका करेन्ट चाउचाउ खान सुरक्षित

प्रशान्त निराैला , १३  पटक हेरिएको

काठमाडौं, १ जेठ । यशोधा फुड्स प्रा.लिले निश्चित ब्याच नम्बरको उत्पादनबाहेक अन्य सबै ब्याचका करेन्ट चाउचाउ उपभोगका लागि योग्य रहेको जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै गुणस्तर परीक्षणमा समस्या देखिएको भनिएको ब्याच बाहेकका उत्पादन सुरक्षित रहेको स्पष्ट पारेको हो ।

कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादनमध्ये उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए भएको चाउचाउ बाहेक अन्य मिति र ब्याच नम्बरका उत्पादनहरु उपभोग गर्न मिल्ने छन् । कम्पनीले खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनाअनुसार पनि सोही ब्याचलाई मात्र लक्षित गरिएको जनाएको छ ।

यशोधा फुड्सले उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेताहरुलाई उक्त ब्याच बाहेकका अन्य करेन्ट चाउचाउ ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखिएको समेत जनाएको छ ।

प्रकाशित मिति: २०२६-०६-१५ , समय : १९:२४:१४ , १ घन्टा अगाडि