केन्द्रको बजेटमा लेटाङलाई ३८ करोड ४९ लाख

ईनेपालपत्र संबाददाता , २६  पटक हेरिएको

लेटाङ, २९ जेठ । आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमार्फत मोरङको लेटाङ नगरपालिका का लागि ३८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले स्थानीय तह लक्षित कार्यक्रम तथा पूर्वाधार, सेवा प्रवाह र विकास निर्माणका योजनालाई प्राथमिकतामा राख्दै उक्त रकम छुट्याएको हो ।
विनियोजित बजेटले नगरभित्र सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य विकास आयोजनालाई गति दिने अपेक्षा गरिएको छ । स्थानीयवासीले बजेट कार्यान्वयन प्रभावकारी बनाउँदै योजनाहरू समयमै सम्पन्न गर्नुपर्ने माग समेत राखेका छन्।
यस बजेटसँगै लेटाङमा विकासका कामले नयाँ गति लिने आशा गरिएको भए पनि वास्तविक उपलब्धि कार्यान्वयनको प्रभावकारितामा निर्भर रहने स्थानीयको भनाइ छ।

प्रकाशित मिति: २०२६-०६-१२ , समय : १४:३०:३३ , २ घन्टा अगाडि