‘बेरंगी’ गीत सार्वजनिक, शन्त कुमार राईको शब्दमा नयाँ प्रस्तुति
दिपेश रोक्का ,
११ पटक हेरिएको
काठमाडौं । ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्दमा तयार भएको गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय शन्त राईले यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसकेका छन्। उनी सञ्चार क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
गीतमा प्रशान्त सिवाकोटी र ससिका राईको स्वर रहेको छ। गीतको रेकर्डिङ रंगकासुराई स्टुडियोमा गरिएको हो।
किरण राईको निर्देशन तथा कथामा तयार गरिएको भिडियोमा शन्त कुमार राई, अन्जना थुलुङ, राजन कुमार राई र बिस्व राईको अभिनय देख्न सकिन्छ। छायांकन, सम्पादन तथा कलर इसाक जबेगुले गरेका छन्।
म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
प्रकाशित मिति: २०२६-०४-२८ , समय : २०:५७:३७ , २ घन्टा अगाडि