नेकपा संयोजन समितिको बैठक भोलि, महत्वपूर्ण निर्णय प्रस्ताव पेश हुने
इनेपालपत्र ,
७ पटक हेरिएको
काठमाडौं, १३ बैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा मा बस्नेछ।
बैठकमा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेश गरिने नेकपाले जनाएको छ। उक्त प्रस्तावमा नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषय समेटिएको छ।
यसअघि चैत १९ गते बसेको बैठकले चुनावी समीक्षा र भावी कार्ययोजनाबारे छलफल गरेको थियो। त्यसपछि चैत २३ देखि २८ गतेसम्म नेताहरूले प्रतिवेदनमाथि धारणा राखेका थिए। पार्टी नेतृत्वले ल्याउने निर्णय प्रस्ताव अनुमोदन भएपछि बैठक निष्कर्षमा पुग्ने बताइएको छ।
प्रकाशित मिति: २०२६-०४-२६ , समय : १२:४४:२३ , २ घन्टा अगाडि