विराटनगर जेसीजद्वारा उत्प्रेरणामूलक कार्यक्रम तथा क्यालेन्डर विमोचन सम्पन्न

निरोज ढकाल , १०  पटक हेरिएको

विराटनगर-१२, बैशाख। विराटनगर जेसीजको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा संस्थाले आफ्नो वार्षिक क्यालेन्डरसमेत औपचारिक रूपमा विमोचन गरेको छ ।

कार्यक्रममा लायन्स डिस्ट्रीक्ट ३२५ सी का पूर्व डिस्ट्रीक्ट गभर्नर, मोरङ सहकारी अस्पताल तथा एस्पायर कलेजका सञ्चालक विकास अधिकारी, ओबि मिडिया प्रा.लि.का सञ्चालक विवेक दाहाल र नेपाल जेसीजका उपाध्यक्ष अनिष भट्टराईले सहभागीहरूलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

कार्यक्रमकै विशेष आकर्षणका रूपमा विराटनगर जेसीजको वार्षिक क्यालेन्डर अतिथिहरूद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । उक्त क्यालेन्डरमा संस्थाका वर्षभरि सञ्चालन हुने योजना, सामाजिक अभियान तथा महत्वपूर्ण गतिविधिहरू समेटिएको जनाइएको छ । क्यालेन्डरले संगठनका गतिविधिहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

बक्ताहरूले व्यक्तिगत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सकारात्मक सोचको महत्वबारे आफ्ना अनुभव अभिव्यक्त गर्नुभएको थियो ।

कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि गर्दै लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गरेको विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक प्रकाश सुबेदीले बताउनुभयो ।

प्रकाशित मिति: २०२६-०४-२५ , समय : २०:२६:०१ , २ घन्टा अगाडि