बालेन सरकारमा सुधन गुरुङको वरीयता तेस्रो, गृहमन्त्रीको शक्तिशाली स्थान

निरोज ढकाल , ६  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय नयाँ सरकार गठन भएको छ। नयाँ मन्त्रिपरिषद्को वरीयताअनुसार प्रधानमन्त्री शाह पहिलो स्थानमा रहेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो नम्बरमा छन्।

 

सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्को वरीयतामा तेस्रो नम्बरमा रहेका छन्। गृहमन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा लिइने भएकाले गुरुङको यो स्थानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

 

मन्त्रिपरिषद्को वरीयता सूची

 

– बालेन्द्र शाह – प्रधानमन्त्री

– डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री

– सुधन गुरुङ – गृहमन्त्री

– शिशिर खनाल – परराष्ट्रमन्त्री

– सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री

– विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री

– खड्कराज पौडेल (गणेश) – पर्यटनमन्त्री

– सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री

– निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री

– विक्रम तिमिल्सिना – सञ्चारमन्त्री

– प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

– दीपक साह (महोत्तरी) – श्रम, रोजगार मन्त्री

– सोविता गौतम – कानुन मन्त्री

– गीता चौधरी – कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री

– सीता वादी – महिला, बालबालिका मन्त्री

 

नयाँ मन्त्रिपरिषद्को वरीयताले सरकारभित्रको शक्ति सन्तुलन र प्राथमिकताहरू स्पष्ट संकेत गरेको विश्लेषण गरिएको छ। विशेषगरी गृहमन्त्री गुरुङको तेस्रो स्थानले सरकारको ‘कोर निर्णय समूह’मा उनको महत्वपूर्ण भूमिका रहने देखिएको छ।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : १३:३१:५५ , २ घन्टा अगाडि