लेटाङसहित विभिन्न स्थानमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने

प्रशान्त निराैला , ४  पटक हेरिएको

लेटाङ, २३ माघ । नेपाल विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रले लेटाङसहित बेलबारीका विभिन्न स्थानमा शनिबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

काकडभिट्टा–लौकही सडक योजना (महेन्द्र राजमार्ग/Asian Highway A-ONE) अन्तर्गत सडक किनाराका विद्युतीय पोल तथा तार सार्ने, डिस्कनेक्टिङ स्विच जडान, सर्भिस केबल सिफ्टिङ र ट्रान्सफर्मर पोस्ट सिफ्टिङ कार्य गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताइएको हो।

प्राधिकरणका अनुसार २०८२ साल माघ २४ गते शनिबार बिहान ८:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म ११ के.भी. लेटाङ फिडरबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहनेछ। यसअन्तर्गत लेटाङ क्षेत्रका सबै उपभोक्ता प्रभावित हुनेछन्।

त्यसैगरी सोही दिन बिहान ८:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म बेलबारी नगरपालिकाको वडा नं. ०१ बजार नक्सल जाने बाटो, काकी होटल क्षेत्र, फिल्म हल लाइन, नगरपालिका क्षेत्र, हटिया लाइन, भेडा, बरडाँगी, सिसौली, वडा नं. ०३ भगवती स्कूल लाइन, फुलबारी पेट्रोल पम्प आसपासका विभिन्न स्थानमा पनि विद्युत सेवा अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

तोकिएको समयअगावै कार्य सम्पन्न भएमा विद्युत सेवा समयअघि नै सुचारु गरिने र यसबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : १९:१६:३० , २ घन्टा अगाडि