नयाँको होहल्लाले देश संकटमा: दाहाल

प्रशान्त निराैला , ५  पटक हेरिएको

काठमाडौँ, २३ माघ। नेकपा संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिको नाममा भइरहेको चर्चालाई होहल्ला मात्र भएको टिप्पणी गर्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विचार र एजेण्डाका आधारमा मात्र नयाँ–पुरानो छुट्याउनुपर्ने बताउनुभयो।

संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने शक्ति नै वास्तविक नयाँ भएको दाबी गर्नुभयो। महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम र थारूको पहिचान तथा अधिकार सुनिश्चित गर्ने काम आफ्नो पार्टीले गरेको उहाँको भनाइ छ।

उहाँले तथाकथित नयाँ भन्ने शक्तिकै कारण देश अहिले संकटतर्फ गएको आरोप लगाउँदै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै साँचो अर्थमा नयाँ हुने स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : १७:२९:१९ , २ घन्टा अगाडि