लेटाङ रनको तयारी तीव्र, धावकलाई भेस्ट–कार्ड वितरण

लेटाङ रनको तयारी तीव्र, धावकलाई भेस्ट–कार्ड वितरण

निरोज ढकाल , १९८  पटक हेरिएको

 

लेटाङ–२९ पुस। ‘स्वास्थ्यका लागि दौड’ नारासहित माघ १ गते आयोजना हुने लेटाङ रनको तयारी तीव्र बनेको छ। सोही क्रममा श्री महाभारत सामुदायिक वनको अगुवाइमा लेटाङ नगरपालिका–६ गुवाबारीबाट सहभागी हुने धावकहरूलाई भेस्ट तथा कार्ड वितरण गरिएको छ।

कार्यक्रममा पूर्व अध्यक्ष योग्य खजुम, भुवानी माखिम, समाजसेवी किशोर राईलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले लेटाङ रनले स्वास्थ्य सचेतना, खेलकुद विकास र युवालाई सकारात्मक दिशामा प्रेरित गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिता चार विधामा सञ्चालन हुनेछ। केही विधामा स्थानीय धावक तथा कक्षा ८ सम्मका विद्यार्थीलाई प्राथमिकता दिइनेछ भने अन्य विधामा स्वदेश–विदेशका धावक खुला रूपमा सहभागी हुन सक्नेछन्। दौड ३ किमी र १० किमी दूरीमा हुनेछ। प्रत्येक विधाका उत्कृष्ट धावकलाई पुरस्कार तथा सबै सहभागीलाई मेडल र जुस प्रदान गरिनेछ।

प्रकाशित मिति: २०२६-०१-१३ , समय : १२:४१:५८ , ६ महिना अगाडि