उज्यालिँदै लेटाङ: मुख्य सडकमा सडकबत्ती, आवतजावत सुरक्षित

निरोज ढकाल , ३  पटक हेरिएको

उज्यालिँदै लेटाङ: मुख्य सडकमा सडकबत्ती, आवतजावत सुरक्षित

 

पुस, २७ पुस। लेटाङ नगरपालिकाले मुख्य बजार र आसपासका सडकमा सडकबत्ती जडान गरी उज्यालो बनाएको छ। गंगेचौकदेखि वीपी चौक, मिलन चौक हुँदै सुकेचौरी र लेटाङ ६ कपाशेसम्म तथा मिलनचौक–घिमिरे चौक सडकखण्डमा एलइडी बत्ती बालिएको हो।

 

पहिलो चरणमा १ सय २ वटा पोलमा एलइडी बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार यस अभियानले सडक सुरक्षा, सौन्दर्य र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनेछ। उपप्रमुख कृष्णकुमारी निरौलाले अँध्यारोका कारण हुने जोखिम घट्ने बताउनुभयो।

 

सडकबत्ती जडानपछि यात्रु, पैदलयात्री र विद्यार्थीलाई आवतजावत सहज भएको स्थानीयको प्रतिक्रिया छ। आगामी चरणमा अन्य मुख्य सडकमा पनि बत्ती विस्तार गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-१२ , समय : ११:११:३९ , २ घन्टा अगाडि