विराटनगर जेसीजको ५२औँ निर्वाचन सम्पन्न, कविराज दाहालको नेतृत्वमा २०२६ को कार्यसमिति चयन

निरोज ढकाल , ५६  पटक हेरिएको

 

विराटनगर-२५,पुष।

विराटनगर जेसीजको ५२औँ निर्वाचन प्रक्रियाबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचनबाट जेसि कविराज दाहाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ कार्यकारिणी उपाध्यक्ष पदमा जेसि रन्जन कुमार शाही निर्वाचन प्रक्रियामार्फत निर्वाचित भएका छन।

 

यसैगरी तालिम निर्देशक पदमा जेसि अभिषेक भट्टराई निर्वाचित भएका छन्। कार्यकारिणी उपाध्यक्ष पदमा जेसि रिजन सिग्देल र जेसि अनुज दाहाल निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा जेसि अमित कुमार कर्ण, जेसि अभिषेक गौतम, जेसि गुणानन्द महतो तथा जेसि बिनु वान्तवा राई निर्वाचित भएका छन्। जनसम्पर्क अधिकारी पदमा जेसि आकृति रानी फुयाल निर्वाचित भएकी छन्।

निर्वाचनपछि अध्यक्षमा निर्वाचित कविराज दाहालले विराटनगर जेसीजलाई अझ सशक्त, अनुशासित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। “युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नेछौँ,” उनले भने, “सबै सदस्यलाई समेटेर टिमवर्कका आधारमा काम गर्ने हाम्रो मूल लक्ष्य हुनेछ।”

निर्वाचन आयुक्त तुलसी निरौलाले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक ढंगले सम्पन्न भएको जानकारी दिए। “निर्धारित कार्यतालिकाअनुसार कुनै अवरोध बिना निर्वाचन सम्पन्न भएको छ,” उनले भने, “सदस्यहरूको सक्रिय सहभागिताले विराटनगर जेसीजको संगठनात्मक परिपक्वता झल्किएको छ।”

वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा निर्वाचित रन्जन कुमार शाहीले अध्यक्षसहितको टिमसँग मिलेर संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए। “अध्यक्षले तय गरेका लक्ष्यलाई कार्यान्वयन गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनेछु,” उनले भने, “रोजगारीका अवसर सिर्जना हुने कार्यक्रम र युवाको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनेछौँ।”

नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघसंस्था, पूर्व पदाधिकारी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०१-०९ , समय : १५:५७:०५ , १५ घन्टा अगाडि