अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

Enepal Patra Pvt. Ltd. , १२६२  पटक हेरिएको

धनुषा ,३ माघ । प्रदेश नंं. २ सरकारले प्रदेशका सबै जिल्लाका अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। धनुषामा अवैध उत्खननको विरोध गरेपछि एक युवकको हत्या भएको थियो । सो घटनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।

गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन प्रदेश सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रसमेत पठाएकोआन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । अवैध उत्खननको विरोध गर्दा शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : ०५:३८:०७ , ४ वर्ष अगाडि