निरोज ढकाल , ३१ पटक हेरिएको
प्राकृतिक संरक्षणमा नेपाल प्रहरीको अभियान तिब्र, मोरङ्गी खोलाबाट ढुंङ्गा उत्खननमा नियन्त्रण
लेटाङ १५ पुष । माेरङ जिल्ला, लेटाङ नगरपालिका–५ स्थित मोरङ्गी खोलाबाट ढुङ्गाको गैरकानुनी उत्खनन गर्ने कार्य विरुद्ध नेपाल प्रहरीले सक्रिय अभियान चलाएको छ। ढुङ्गा टिपरमा लोड गर्ने क्रममा संलग्न चालकहरू सहित एक JCB र एक टिपर नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख सागर साहले बताएअनुसार, “गैरकानुनी तवरबाट गरिने ढुङ्गा उत्खनन र ढुवानीका गतिविधिहरूलाई प्रहरीले कानुनी दायरामा ल्याउने उद्देश्यले यस्तो कारबाही गरेको हो। प्राकृतिक स्रोतको संरक्षण हाम्रो प्राथमिकता हो।”
नियन्त्रणमा लिइएका सवारी साधन र चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि लेटाङ नगरपालिकामा बुझाइएको छ। यस किसिमका सक्रिय पहलले स्थानीय वातावरण र प्राकृतिक स्रोत संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
PHOTO: Symbolic
प्रकाशित मिति: २०२५-१२-३० , समय : ११:२८:३५ , २ घन्टा अगाडि