नेपाल टेलिकमबाट एनसेलमा कल गर्दा प्रति मिनेट १० पैसा मात्रै

Enepal Patra Pvt. Ltd. , ६४१  पटक हेरिएको

काठमाडौं, ३  माघ ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्क बाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनु पर्ने गरी निर्दे्शिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्दे्शिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।अन्तर आबद्धता निदेर्शिका अनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ ।

अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्दे्शिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको समाचार आजको राजधानी दैनिक छ ।अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्क बाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिका मार्फत प्रति मिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन ।तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेल मा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ । निर्देशिका पूर्ण रूपमा लागू भएपछि यो शुल्क घट्नेछ ।२०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्र अनुसार अन्तर आबद्धता शुल्क फरक– फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देश भरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ ।

निर्देशिका अनुसार एउटा सेवा प्रदायकको फि’क्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ ।अहिले नेपाल टेलिकम बाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन । फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तरआबद्धता शुल्क १० पैसा हुनेछ । यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तर आबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ । मोबाइलबाट मोबा इलमा गर्दा पनि अन्तर आबद्धता शुल्क १० पैसा कायम गरिएको छ । एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तर आबद्धता शुल्क तोकिएको छ ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : ०४:५४:३३ , ४ वर्ष अगाडि