निरोज ढकाल , ५ पटक हेरिएको
पब्लिक सेन्ट्रल इंग्लिस स्कुलमा क्रिसमस डे उल्लास र सद्भावसहित मनाइयो

लेटाङ , ९ पुस । लेटाङ नगरपालिका–६ लाखबारीस्थित पब्लिक सेन्ट्रल सेकेन्डरी इंग्लिस स्कुलमा क्रिस्टियन समुदायको महत्वपूर्ण पर्व क्रिसमस डे शनिबार विविध सांस्कृतिक गतिविधिसहित उत्साहपूर्वक मनाइएको छ।
कार्यक्रममा विद्यार्थीहरू सेन्टा क्लजको वेशभूषामा सजिएर उपस्थित रहेका थिए। उनीहरूले आपसी प्रेम, मैत्री र सहयोगको सन्देश फैलाउने उद्देश्यले मिठाई तथा खाद्य सामग्री वितरण गरी उत्सवको खुसी साटासाट गरेका थिए। सो अवसरमा विद्यार्थीहरूले सन्देशमूलक चित्र तथा पोस्टर प्रदर्शनीसमेत गरेका थिए, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुगेको छ। शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागितामा सम्पन्न सो कार्यक्रम शांत र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।
स्थानीयहरूले विद्यालयमा आयोजना हुने सांस्कृतिक र सामाजिक कार्यक्रमहरूले शिक्षा सँगसँगै नैतिक मूल्य, संस्कार र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्।
प्रकाशित मिति: २०२५-१२-२४ , समय : २१:३९:१७ , ३ घन्टा अगाडि