निरोज ढकाल , १२६ पटक हेरिएको
बेलबारीमा जंगली हात्तीको आक्रमण, स्थानीयको भान्सा घर र अन्नबालीमा क्षति
मोरङ, ३ पुस । मोरङको बेलबारी नगरपालिका–३ स्थित खानेपानी टोलमा जंगली हात्तीले स्थानीयको भान्सा घर भत्काउनुका साथै अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।
बुधबार राति करिब ९ बजे दुईवटा जंगली हात्ती गाउँमा प्रवेश गरेका थिए। सोही क्रममा हात्तीले स्थानीय मिलन राईको घरमा रहेको भान्सा घरमा आक्रमण गरेको जनाइएको छ।
हात्तीको आक्रमणबाट राईको भान्सा घर पूर्ण रूपमा भत्किएको छ। साथै भान्सा घरभित्र बोरामा भण्डारण गरेर राखिएको धानसमेत हात्तीले खाएर नष्ट गरिदिएको पीडित राईले जानकारी दिएका छन्।
प्रकाशित मिति: २०२५-१२-१८ , समय : १३:१५:०३ , ३ महिना अगाडि