निरोज ढकाल , ५ पटक हेरिएको
जाँतेको सामुदायिक वनमा गैरकानुनी साल कटान, संलग्न व्यक्ति पक्राउ
जाँते, २९ मंसिर ।मोरङको लेटाङ नगरपालिका वडा नं. ८ जाँते लालझोडामा रहेको लालहिरा सामुदायिक वनमा गैरकानुनी रूपमा सालको रुख काट्ने व्यक्तिहरूलाई पहिचान गरी काठसहित नियन्त्रणमा लिइएको छ।
सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको निगरानीका क्रममा अवैध कटानमा संलग्न व्यक्तिहरू फेला परेपछि उनीहरूबाट काटिएको सालको काठसमेत बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जनाइएको छ।
सामुदायिक वनमा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि निगरानीलाई थप कडा बनाइने सम्बन्धित पक्षले जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१५ , समय : २२:२४:२७ , ३ घन्टा अगाडि