प्रशान्त निराैला , ३५ पटक हेरिएको
बर्दिया, २७ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियाबाट उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर २ बाट पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्षेत्र नम्बर १ बाट पूर्व सिँचाइ मन्त्री तथा केन्द्रीय सदस्य सञ्जय कुमार गौतमलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।
समानुपातिकतर्फ निवर्तमान उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस भएको छ। साथै, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरलाई पहिलो प्राथमिकतामा अघि सारिएको छ।
मंसिर २३ गते बसेको क्षेत्रीय कार्यसमितिको बैठकले यी नामहरू सर्वसम्मत रूपमा केन्द्रमा पठाउने निर्णय गरेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१३ , समय : ०५:१२:२८ , २ घन्टा अगाडि