लेटाङमा तिलगङ्गाको सहयोगमा निःशुल्क आँखा शिविर हुने

Niroj Dhakal , ५०  पटक हेरिएको

लेटाङमा तिलगङ्गाको सहयोगमा निःशुल्क आँखा शिविर हुने

 

लेटाङ २० मंसिर। लेटाङ एडभान्स हस्पिटल आँखा उपचार केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक व्यवस्थापनमा एक दिने निःशुल्क आँखा शिविर आगामी २०८२ साल मंसिर २३ गते, मंगलबार लेटाङमा हुने भएको छ। शिविर रामलाल गोल्छा आँखा प्रतिष्ठानको आयोजनामा सञ्चालन गरिनेछ।

 

शिविरमा निःशुल्क नाम दर्ता, निःशुल्क औषधि वितरण, आँखा तथा चस्माको पावर जाँच, चस्मामा ३० प्रतिशत छुट उपलब्ध हुनेछ। साथै मोतिया बिन्दु भएका बिरामीलाई अस्पताल लैजाई निःशुल्क शल्यक्रिया गरिने जानकारी दिएको छ।

 

शिविर लेटाङ एडभान्स हस्पिटल आँखा उपचार केन्द्र (सीताराम सरको मेडिकल हलसँगै) मा बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म सञ्चालन गरिनेछ। सबैलाई सेवाको लाभ उठाउन आयोजकले आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२५-१२-०६ , समय : १५:४३:३८ , २ महिना अगाडि