Niroj Dhakal , २२ पटक हेरिएको
लेटाङ गुवाबारीमा १४ औं चरणको श्रमदान अभियान सम्पन्न
लेटाङ–१९, मंसिर
लेटाङ नगरपालिका–६ गुवाबारीमा श्रम संस्कृति पार्टीको संयोजनमा १४ औं चरणको श्रमदान अभियान आज सम्पन्न भएको छ। अभियान गुहाबारी र लाखबारी केन्द्रित रहेर सञ्चालन गरिएको हो। अभियानको नेतृत्व लेटाङ नगरपालिका वडा नम्बर ६ पार्टीका संयोजक श्री भुवानी माखिमले गरेका थिए।
बिहान ८ बजेदेखि सुरु भएको श्रमदानमा स्थानीयवासी, युवाहरू र स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता देखियो। लाखबारीदेखि गुवाबारीसम्म जाने सडकखण्ड वरिपरि उम्रिएका झाडी, बाटोको खाल्टाखुल्टी पुर्दै , घाँसपात हटाउँदै बाटोलाई सफा र व्यवस्थित बनाइएको थियो।
स्थानीयवासीहरूको भनाइअनुसार, गुवाबारी क्षेत्रमा निरन्तर भइरहेको यस्ता श्रमदान अभियानहरूले वातावरणीय स्वच्छता, सडक सुरक्षामा सुधार र समुदायबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेले
का छन्।
प्रकाशित मिति: २०२५-१२-०५ , समय : १३:४७:३६ , २ घन्टा अगाडि