संविधान निर्माणदेखि हरेक वर्ष फरक चुनौतीबीच दिवस मनाउँदै आएको प्रचण्डको स्मरण

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

काठमाडौं, ३ अशाेज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको संविधान दिवस विशेष परिस्थितिमा मनाउनुपर्ने अवस्था आएको बताएका छन्।

शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले २०७२ सालमा संविधान बनेपछि प्रत्येक वर्ष देशको राजनीतिक अवस्थाअनुसार दिवस मनाउनुपर्ने बाध्यता देखिएको उल्लेख गरे।

उनका अनुसार अहिले जेनजी आन्दोलनका कारण सिर्जित नयाँ राजनीतिक अवस्थाबीच संविधान दिवस मनाइँदैछ, जसले यसको मौलिकता र विशेषता थप प्रष्ट पार्ने आवश्यकता देखिएको छ।

प्रचण्डले नेपालको संविधान निर्माणको यात्रा झण्डै ७० वर्ष लामो संघर्षपछि सम्भव भएको स्मरण गर्दै जनयुद्धको योगदानलाई विशेष रुपमा उल्लेख गरे। उनले जनयुद्धका क्रममा हजारौंको बलिदान, मृत्यु–मरणको संकल्प र सामन्तवाद, निरंकुशता तथा विदेशी हस्तक्षेपविरुद्धको विद्रोहकै कारण अहिले उत्पीडित समुदायले संविधानमार्फत अधिकार सुनिश्चित गर्न सफल भएको बताए।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:२२:०३ , २ घन्टा अगाडि