ओली तीन दिनभित्र घर फर्किँदै, एमालेले भव्य गृहप्रवेशको तयारी

ईनेपालपत्र संबाददाता , २  पटक हेरिएको

काठमाडौं, १ अशाेज । जेनजी आन्दोलनपछि अस्थिरताका कारण शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा बस्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र घर फर्किने भएका छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत हजारौं जनसमुदायको उपस्थितिमा ओलीको भव्य गृहप्रवेश कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सुरक्षा निकायसँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र रूपमा भइरहेको छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले आन्दोलनलाई “विजय नभई देशले भोगेको पराजय” का रूपमा व्याख्या गरे। उनले आन्दोलनले ठूलो क्षति पुर्‍याएकाले अहिले उत्सवको समय नभएको र त्यसैले बाजा नबजाइने स्पष्ट पारे।

बस्नेतले हालै चर्किएको नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” भन्दै अहिले पुनर्निर्माण र गम्भीर चिन्तनमा जोड दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: २०२५-०९-१७ , समय : १०:११:११ , २ घन्टा अगाडि