ईनेपालपत्र संबाददाता , १६० पटक हेरिएको
काठमाडौँ, २८ भदौ। पाँच दिनदेखि ठप्प बनेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएको छ ।
जेनजीको प्रदर्शन र त्यसपछिको कर्फ्युका कारण गत मङ्गलबारदेखि बन्द रहेका बस, ट्याक्सी लगायतका साधन शनिबार बिहानैदेखि सञ्चालनमा आएसँगै उपत्यकामा जनजीवन सामान्यतर्फ फर्किएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार शुक्रबार फाट्टफुट्ट मात्रै गाडी चले पनि आज बिहानदेखि बाक्लो संख्यामा सवारी साधन गुड्न थालेका छन् । यात्रुहरूको चहलपहल बढेको छ ।
त्यस्तै चितवनतर्फबाट सार्वजनिक बस प्रस्थान गरेको र आज साँझदेखि काठमाडौँ–बाहिर चल्ने सवारीसाधन पनि सुचारु हुने जनाइएको छ ।
कर्फ्यु हटेसँगै उपत्यकासहित विभिन्न क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेका छन् ।
प्रकाशित मिति: २०२५-०९-१३ , समय : १५:५४:१८ , ३ महिना अगाडि