प्रहरीको भ्यान पल्टियो , १ को मृत्यू

Enepal Patra Pvt. Ltd. , ११९४  पटक हेरिएको

दमौली , १ माघ । तनहुँमा प्रहरीको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने ३० जना प्रहरी घाइते भएका छन् ।बुधबार साँझ प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लागेको मकर सक्रान्ति मेलाको सुरक्षामा खटिएको बा १ ग २११८ नम्वरको भ्यान दुर्घटना हुँदा प्रहरी जवान सन्दिप केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
मेलाको सुरक्षाको लागि पोखरास्थित प्रहरी गणबाट गएको भ्यान तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिमाटीमा दुर्घटना भएको हो ।भ्यानमा ३४ प्रहरी सवार रहेको र घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०१-१५ , समय : २२:०२:२८ , ४ वर्ष अगाडि