पथरीमा नयाँ डिएसपी संग संचारकर्मीहरुको परिचयात्मक कार्यक्रम सम्पन्न

निशा दाहाल , ९३  पटक हेरिएको

पथरी, १३ साउन । काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसीराम अर्यालसंग आज पथरीमा संचारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरुले यस क्षेत्रमा देखिएका विभिन्न सुरक्षा समस्या, सामाजिक अपराध तथा ट्राफिक व्यवस्थापन जस्ता विषयमा सुझाव तथा जानकारी दिएका थिए। उनीहरुले प्रहरी प्रशासनसंग सहकार्य गर्दै समृद्ध र सुरक्षित पथरी बनाउन सकिने धारणा व्यक्त गरे।

डिएसपी अर्यालले संचारकर्मीहरुसंग समन्वयमा रहेर शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अपराध नियन्त्रण र सामाजिक अनुशासन कायम गर्न समुदायको सहयोग अत्यन्त महत्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमको भूमिकालाई सकारात्मक रूपमा लिने बताए।

“सञ्चारकर्मीहरुसँग निरन्तर संवाद र समन्वय गर्दै पथरी क्षेत्रलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रयासरत रहनेछु,” डिएसपी अर्यालले भने।

प्रकाशित मिति: २०२५-०७-२९ , समय : ०९:५७:१३ , २ दिन अगाडि