केराबारी-खोर्साने सडकमा मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा दुई गम्भीर घाइते

निशा दाहाल , ११  पटक हेरिएको

मोरङ २८ असार। मोरङको केराबारी-खोर्साने सडकखण्ड अन्तर्गत इलाका प्रहरी कार्यालय केराबारी दक्षिण नजिकै मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोरङको सलकपुरका ३८ वर्षीय मोटरसाइकल चालक अजय लिम्बू र तेह्रथुमका ३५ वर्षीय राम बहादुर लिम्बू गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-१२ , समय : ०७:३२:५२ , ५ घन्टा अगाडि