सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

प्रशान्त निराैला , १०  पटक हेरिएको

काठमाडौं, २५ असार । बर्खास्तीमा परेका पुर्व जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङले तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमार्फत रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि तीन महिनाको तलबभत्ता राहात कोषमा दिने घोषणा गरेका हुन  ।

 

उनका अनुसार तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको  पनि उनले जानकारी दिए। नेपाली कांग्रेसका सांसद तामाङ यसरी तलबभत्ता राहात कोषमा जम्मा गर्ने पहिलो सांसद हुन् ।

प्रकाशित मिति: २०२५-०७-०९ , समय : १५:१३:२६ , १७ घन्टा अगाडि