निशा दाहाल , १७ पटक हेरिएको

पथरीशनिश्चरे, २१ असार । । कोशी प्रदेश सरकारको लगानीमा पथरीशनिश्चरे नगरपालिका–५, हसन्दहमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको रुपरंगप्रति स्थानीयले गम्भीर असन्तोष व्यक्त गरेका छन्। करिब २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन ‘चर्पी जस्तो’ देखिने भन्दै उनीहरूले आक्रोश पोखेका हुन्।
स्थानीयवासीका अनुसार भवनको डिजाइन, आकार र बनावट अत्यन्तै सानो, अँध्यारो र अपायक छ। “यत्रो बजेट खर्च गरेर चर्पी जस्तो भवन बनाउनुको के अर्थ?” एक स्थानीयवासीले भने। उनीहरूले भवनको प्राविधिक पक्षमाथि समेत प्रश्न उठाएका छन् र यस विषयमा सम्बन्धित निकायबाट छानबिनको माग गरेका छन्।
यता, प्रदेश सरकारले भने भवन निर्धारित मापदण्डअनुसार नै निर्माण गरिएको दाबी गर्दै आएको छ। तर स्थानीयको असन्तुष्टि दिनप्रतिदिन चुलिँदै गएको छ। निर्माण कार्यको गुणस्तर र पारदर्शितामाथि उठेका प्रश्नको समाधान गर्न सरोकारवाला निकायलाई दबाब बढ्दै गएको छ।
प्रकाशित मिति: २०२५-०७-०५ , समय : ०९:३१:४७ , ६ घन्टा अगाडि