निशा दाहाल , २७ पटक हेरिएको

पथरीशनिश्चरे,११ असार । लगातारको वर्षाले काम अवरुद्ध भएको बेला अब घाम लागेको छ। मौसम खुलेसँगै किसानहरू फेरि खेतमा झरेका छन्। मेसिन गुन्जिन थालेका छन्, धान काटिन थालेको छ, तर किसानको अनुहारमा खुसी छैन कारण, धानको मूल्य छैन।
“मेहिनेत त गर्यौँ, तर धानको भाउ शून्य जस्तै छ। बेच्दा लागत पनि उठ्दैन,” पथरी शनिश्चरे–४ का एक किसानले दुखेसो पोखे।
धान उत्पादनको सम्पूर्ण चक्र बीउ, मल, सिँचाइ, मजदुर र मेसिन सबै खर्चिलो छ। यति लगानीपछि पनि धान बिक्री गर्दा घाटा हुने अवस्था आउनु किसानको लागि गम्भीर संकट हो।
उनीहरू भन्छन्:“एक रोपाइँ सकियो, फेरि अर्को रोप्नुपर्ने तयारी छ।”“मान्छे पाउन गाह्रो छ, मेसिन पाउँदा पनि अत्यन्त महँगो छ।”“नेताहरू चुनावमा आउँछन्, अहिले किसानको आवाज सुन्ने कोही छैन।”गाउँभर धान काट्ने चटारो छ, तर किसानको मनमा असमञ्जस गहिरो छ । धान उब्जिएको छ, तर बजार छैन। मूल्य छैन। टिकाउने व्यवस्था छैन।
उत्पादनमा पसिना बगाउने किसान, मूल्यमा आँसु झार्न बाध्य
कृषिमा आत्मनिर्भरता भन्नेमात्र हो कि व्यवहारमा पनि देखिने?
प्रकाशित मिति: २०२५-०६-२५ , समय : १८:२५:४७ , ५ घन्टा अगाडि