जापानको अनुभव बोकेका भुपिन राईले पथरीमा जापानीज भाषा शिक्षण थाले

निशा दाहाल , ३४४  पटक हेरिएको

पथरी शनिश्चरे१० असार । लामो समय जापानमा बसोबास गरी भाषा, संस्कृति र कार्यशैलीको गहिरो अनुभव संगालेका भुपिन राई हाल पथरी शनिश्चरे–१ स्थित बिस्टा प्लाजामा रहेको पराङ्ग भाषा केन्द्र मार्फत जापानीज भाषा शिक्षण सुरु गरेका छन।

राईले यसअघि पूर्वी नेपालका विभिन्न स्थानमा जापानीज भाषा कक्षा सञ्चालन गरिसकेका छन्। जापानीज भाषामा दक्षता हासिल गरेका उनी अनुभवी प्रशिक्षकका रूपमा परिचित छन्। अब भने उनले आफ्नै जन्मथलोमा जापान जाने इच्छुक विद्यार्थीहरूलाई भाषा मात्र होइन, जापानको संस्कार, अनुशासन र काम गर्ने शैलीसम्बन्धी ज्ञानसमेत प्रदान गरिरहेका छन्।

“विदेश जानुअघि भाषा मात्र हैन, त्यहाँको जीवनशैली बुझ्न जरुरी हुन्छ,” राईको भनाइ छ। उनको यस्तो समर्पणले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा तयारी गराउन सहज बनाएको छ।

पराङ्ग भाषा केन्द्र मा जापानीज भाषा (N5 देखि N3 सम्म) का कक्षासँगै कोरियन भाषा, EPS-TOPIK, र IELTS तयारी कक्षाहरू पनि सञ्चालनमा छन्।

विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई गाउँमै उपयोग गर्न थालेका राईको यो प्रयासले पथरीका युवाहरूको भविष्य उज्यालो बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२५-०६-२४ , समय : ११:२५:५६ , १ दिन अगाडि