प्रशान्त निराैला , ३ पटक हेरिएको

काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
उता, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
प्रकाशित मिति: २०२५-०६-१७ , समय : ०८:५५:०६ , ५ घन्टा अगाडि