धवल शमशेर अदालतमा उपस्थित

प्रशान्त निराैला , ८  पटक हेरिएको

काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन्।

 

उनी आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

 

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर रहेका थिए तर आज उनी अदालतमा उपस्थित भएका छन् ।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति: २०२५-०६-१६ , समय : १७:५७:५७ , ९ घन्टा अगाडि