क्रियाशिल सदस्यता टुंगाउन भोली कांग्रेस पदाधिकारी बैठक बस्ने

ईनेपालपत्र , ३०  पटक हेरिएको

काठमाडौं, ११ बैशाख । क्रियाशिल सदस्यता टुंगो लगाउन भोली नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँछ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवारका लागि पदाधिकारी बैठक बोलाएका हुन ।

 

सोमबार बिहान ९ः बजे बस्ने गरी बुढानिलकण्ठस्थित देउवानिवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १५:०८:५४ , १ हप्ता अगाडि