नगर प्रमुखद्वारा येले सम्वत ,माघीको शुभकामना

Enepal Patra Pvt. Ltd. , १३२४  पटक हेरिएको

लेटाङ, १ माघ । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले किरात धर्मावलम्बीहरूको नयाँ वर्ष येले सम्वत ५०८० को, मगर समूदायको नयाँ वर्ष ५०१४, थारु समूदायको सबैभन्दा ठूलो पर्व माघी, हिन्द्हरूको महान पर्व मकर संक्रान्तिको अवसरमा नगरवासीलाई शुभकामना दिनु भएको छ ।
नगर प्रमुख राईले संसारभर रहेका किरात, मगर, थारु समूदाय र मकर संक्रान्ति मनाउने समूदायलाई अवसरमा शुभकामना दिनुहुँदै , यो विशेष दिनमा सबै समूदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा प्रेम, सद्भाव र एकताको विकास होस भन्न्भएको छ । शुभकामना सन्देश दिँदै राईले नयाँ वर्षले नेपाली नेपाली बीच बन्धुत्वको विकास गरी एकले अर्को समूदायका पर्वमा सहभागि भई सबै पर्व र चाडहरू सांस्कृतिक पर्वका रुपमा विकसित हुन सकुन भन्नुभएको छ । एक समूदायको नयाँ वर्ष अर्को समूदायले पनि उत्तिकै महत्वका साथ मनाउने नेपाली परम्परा संसार मै उदाहरणीय रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले हिन्दूधर्मावलम्बीहरूले आज कै दिनलाई माघे सक्रान्तिका रुपमा मान्ने चलन रहेको भन्दै आज कै दिनलाई लिम्बू समूदायले कक्फेवा तङ्नामका रुपमा मान्ने गरेकोले सो अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नाम जे दिए पनि आजको विशेष दिन भएकोले यो पर्व सबै समूदायका लागि उत्तिकै महत्वको रहेको बताउनु भएको छ ।
हरेक जात, धर्मले आफ्नो संस्कृति र संस्कार र परम्परा बचाएर राख्न सके मात्र जातीय तथा धार्मिक पहिचान जोगिने राईको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: २०२०-०१-१५ , समय : ०१:००:३७ , ४ वर्ष अगाडि