Enepal Patra Pvt. Ltd. , ८९५ पटक हेरिएको
बेलबारी , २८ पुष । मोरङको बेलवारी नापी कार्यालयका एक कर्मचारी ७ हजार घुस रकम लिदैगर्दा पक्राउ परेका छन् । सोमबार दिउसो बेलबारी १० भाउनेमा जग्गा नापी गर्न आएका अमिन दिनेश कुमार साहले घुस रकम लिदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
भाउन्नेमा पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साह नरबहादुर तामाङसँग उक्त घूस रकम लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख ज्ञानेन्द्र ढकालले बताएका छन् ।
प्रकाशित मिति: २०२०-०१-१३ , समय : १८:२७:१४ , ६ वर्ष अगाडि