ईनेपालपत्र , ५९ पटक हेरिएको
काठमाडौं, १५ पुस । बामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।
सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबिच भेटवार्तासमेत भएको छ।
पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ तर टुंगोमा पुगिसकेको भने छैन ।
प्रकाशित मिति: २०२४-१२-३० , समय : १५:१०:५२ , ३ हप्ता अगाडि