प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

ईनेपालपत्र , २८  पटक हेरिएको

काठमाडौँ, ९ अशाेज। सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।

प्रकाशित मिति: २०२४-०९-२५ , समय : ११:०२:०४ , २ हप्ता अगाडि