लेटाङ जेसीजले पाचौं पटक १००% इफिसियन्सी अवार्ड जित्यो

ईनेपालपत्र संबाददाता , ७३  पटक हेरिएको

मोरङ (लेटाङ), २१ असार । लेटाङ जेसीजले नेपाल जेसीजद्वारा हरेक महिना प्रदान गरिने इफिसियन्सी अवार्ड पाँच पटक हात पार्न सफल भएको छ। नेपाल जेसीजले बिहीवार सार्वजनिक गरेको जुन महिनाको १००% इफिसियन्सी अवार्डमा लेटाङ जेसीजले पाँचौं पटक यो अवार्ड प्राप्त गरेको हो।

२०२४ को जनवरी महिनादेखि सुरु भएको कार्यकालमा शाखाले निरन्तर पाँच पटक यो अवार्ड प्राप्त गरेको लेटाङ जेसीजका अध्यक्ष जेसि दुर्गा प्रसाद घिमिरेले बताए। नेपाल जेसीजले जुन महिनामा रक्तदान, वृक्षारोपण र नेपाल जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने लक्ष्य निर्धारण गरेको थियो। यसै क्रममा लेटाङ जेसीजले अन्य थप चार कार्यक्रम सम्पन्न गरेको थियो।

छ महिनाको अवधिमा शाखाले २५ वटा कार्यक्रम सम्पन्न गरेको मिडिया संयोजक जेसि छबि शेर्ठले जानकारी दिए।

बर्ष २०२४ को नेतृत्व सम्हालेका अध्यक्ष घिमिरेले नेपाल जेसीजद्वारा निरन्तर प्राप्त भएका अवार्डमा बोर्डका पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले यस किसिमका अवार्डले अझ हौसला मिलेको बताए।

प्रकाशित मिति: २०२४-०७-०५ , समय : ०८:५५:३६ , ४ महिना अगाडि