चिसाङ खोलाको कटानबाट बचाउन ५० मिटर तटबन्ध निर्माण: बस्तीलाई बाढीको जोखिमबाट सुरक्षित बनाउन पहल

प्रशान्त निरौला , १९३  पटक हेरिएको

मोरङ, लेटाङ,१९ असार । मोरङको लेटाङ स्थित चिसाङ पुलको दक्षिणतर्फ चिसाङ खोलाले बस्तीमा कटान गरेर पस्ने सम्भावना रहेको भन्दै सिचाई डिभिजन कार्यालय विराटनगरको आर्थिक सहयोगमा तटबन्ध निर्माण कार्य जारी रहेको छ। यस तटबन्धको लम्बाइ ५० मिटर रहनेछ।

यो तटबन्धले तत्कालका लागि खोलामा बाढी आएपनि बस्तीमा पानी पस्न रोक्ने अपेक्षा गरिएको छ। यस अनुगमन कार्यमा वडा अध्यक्ष डम्बर बहादुर राई लगायत जनप्रतिनिधिहरू र समितिका पदाधिकारीहरू सक्रियताका साथ लागिपरेका छन्।

तटबन्ध निर्माणको क्रममा स्थानीय जनताले सरकारलाई दुवै तर्फ पक्का बाँध बाध्न आवश्यक रहेको सुझाव दिएका छन्। चिसाङ खोला नियन्त्रणका लागि मात्र अस्थायी तटबन्ध पर्याप्त नहुने र दीर्घकालीन समाधानको लागि सरकारको ठोस कदम आवश्यक रहेको बताइन्छ। यसले खोलाको बाढीबाट स्थायी रूपमा सुरक्षा प्रदान गर्न सक्नेछ।

प्रकाशित मिति: २०२४-०७-०३ , समय : १०:५८:०६ , १० महिना अगाडि