स्वर्ण महोत्सवका अवसरमा सहयोग जुटाउँदै जनसेवा

Enepal Patra Pvt. Ltd. , ५४२  पटक हेरिएको

कानेपोखरी(मोरङ) माघ ३ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जनसेवा मावि रमाइलोको लागि १ लाख रुपियाँ बराबरको कम्प्युटर प्रदान गर्ने हुनु भएको छ ।
उहाँ जनसेवा माविको पूर्व विद्यार्थी हुनुहुन्छ । साविक बयरवन–१, निवासी वस्ती हाल धरानमा बस्दै आउनु भएको छ । उहाँले २०४२ सालमा एक वर्ष जनसेवा माविमा कक्षा ९ मा अध्ययन गर्नु भएको थियो । उहाँले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न कम्प्युटर प्रदान गर्न लागेको बताउनु भयो । यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक( तुलाराम गुरुङले ५० हजार मूलयका सिलिङ पङ्खा प्रदान गर्ने हुनु भएको छ । गुरूङले २०३६देखि २०५९ सम्म विद्यालयको प्रधानाध्यापक भएर काम गर्नु भएको थियो । गुरूङ कै पालामा विद्यालयले गतिलो उचाई हासिल गरेको थियो । त्यस बेला हुने बीरेन्द्र शील्ड प्रतियोगिता र अतिरिक्त क्रियाकलापमा जनसेवा मोरङ मै नाम चलेको विद्यालयमा दरिएको थियो । गुरूङ कै पालामा २०४६ साल देखि जनसेवा मावि मै एसएलसीको परीक्षा केन्द्र कायम भएको थियो ।
गुरूङले आफ्नो कार्यकाल भरि विद्यालयको वार्षिकोत्सव,शिक्षा दिवस,राजाको जन्मोत्सव जस्ता अवसरमा विशिष्ट पाहुना ,मन्त्री, अञ्चलाधीश ल्याएर कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : २२:०५:१९ , ५ वर्ष अगाडि