मोरङी र तेली खोलाको अनुगमन

इनेपालपत्र , ४१  पटक हेरिएको

लेटाङ, २९ जेठ । लेटाङ नगरपालिका अन्तर्गत मोरङी खोला र तेली खोला भईरहेको उत्खनन कार्यको लेटाङ नगरपालिकाको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मोरङी खोलामा तोकिएको नाकामा उत्खनन सकिएपछि हाललाई खोला खन्ने कार्य बन्द गरिएको लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नारायण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै तेली खोलामा समेत तोकीएको ठाँउमा उत्खनन भईसकेको देखिएको र ठेक्का बन्दोवस्त बमोजिम अनुगमनको रिपार्टका आधारमा अवस्था हेरेर खोला बन्द गर्ने जानकारी दिनुभयो । चिसाङ खाेलामा भने यस अघिनै ताेकिएकाे परिणाम पुरा भएपछि हाल उत्खनन् बन्द छ ।

आज लेटाङ नगरपालिका प्रमुख प्रसासकीय अधिकृत सहितको टोली, सब डिभिजन बन कार्यालय लेटाङको टोली, ईलाका प्रहरी कार्यालय लेटाङको टोली, ससस्त्र प्रहरी बलको टोलीले संयुक्त रुपमा खोला अनुगमन गरेको थियो । अनुगमनका क्रममा मापदण्डलाई केही ठाँउमा मिचिएको पाईएकोले अनुगमनको रिपोर्ट पछि कारवाही समेत गरिने प्रमुख प्रसासकीय अधिकृत न्याैपानेले जानकारी दिनुभयो ।
जेठ मसान्त पछि ३ महिना खोला उत्खनन् गर्न नपाईने नेपाल सरकारको नियम छ । निषेध गरेको समयमा खोला जन्य पदार्थ उत्खनन गरेमा ५० हजार देखि २ लाख सम्म जरिवाना तोकिएको छ ।

प्रकाशित मिति: २०२४-०६-११ , समय : १९:३६:१० , १ महिना अगाडि