ग्रीनभ्याली एकाडेमी बन्यो हाजिरिजवाफको विजेता

इनेपालपत्र , २०१  पटक हेरिएको

लेटाङ, २६ जेठ । अन्तरमाध्यमिक हाजिरिजवाफ प्रतियोगिताको विजेता लेटाङ ग्रीन भ्याली एकाडेमी बनेको छ ।

लेटाङ जेसिजको आयोजनामा ग्रीन भ्यालीकै प्राङगणमा शुक्रवार भएको प्रतियोगितामा सहभागि १५ वटा विद्यालयलाई पछि पार्दै ग्रीनभ्यालीले हाजिरिजवाफ प्रतियोगिताको उपाधी जितेको हो । प्रतियोगितामा लिटल फ्लावर दोस्रो भयो भने शान्ति भगवती मावि तृतिय भयो । विजेताले क्रमश ५हजार,३ हजारर १५ सय पुरस्कार प्राप्त गरे ।

कार्यक्रमलाई लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला,शिक्षा शाखा प्रमुख कृष्णराज राई, लेटाङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम श्रेष्ठ, लेटाङ नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राई,शान्ति पुस्ताकालय लेटाङका अध्यक्ष शुदेश वस्ती लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रम लेटाङ जेसिस वर्ष २०२४ का अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : १०:५६:५० , १ वर्ष अगाडि