स्व. डम्बर सिंह गुरुङको ५१ औं जन्म जयन्तीको अवसरमा पुरस्कार वितरण तथा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

ईनेपालपत्र संबाददाता , ३१  पटक हेरिएको

दिपेश रोक्का
कानेपोखरी , २४ जेठ । मोरङको कानेपोखरी गाउँपालिका ६ मा रहेको पर्ल एकेडेमी इङ्गलिस स्कुलको आयोजनामा संस्थापक स्व. डम्बर सिंह गुरुङको ५१ औं जन्म जन्यती को अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ ।

स्वर्गीय डम्बर सिंह गुरुङले कानेपोखरीमा सामाजिक क्षेत्रमा , शैक्षिक क्षेत्रमा , खेलकुद क्षेत्रमा भुमिका खेल्नु भएको पर्ल एकेडिमि इङलिस स्कुलका शिक्षक जनक ढकालले बताए । जन्म जयन्तीको अवसरमा पुरस्कार वितरण , बत्तीत्वकला , नृत्य तथा सांस्कृतिकहरु गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि पर्ल एकेडेमी इङलिस स्कुलका प्राध्यापक फडेन्द्र अधिकारीले विधार्थीहरुलाई पढाईमा कसरी अबल र सक्षम बनाउन सकिन्छ भन्न्ने विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताए।

पर्ल एकेडमी इङलिस स्कुलले विधार्थीहरुको शैक्षिक गुणस्तर उकास्नको लागि महत्त्वपूर्ण भुमिका खेल्ने तथा नयाँ शैक्षिक प्रणाली अनुसार विधार्थीहरुलाई अध्यापन गर्ने योजना रहेको स्कुल कि डाइरेक्टर मनकुमारी गुरुङले बताइन ।

जयन्तीको अवसरमा नयाँ आएका विधार्थीहरुलाई विधालयले स्वागत गरेको थियो । विधालयमा अध्यापन गर्ने तथा उत्कृष्ट नजिता ल्याउने तथा कक्षा प्रथम हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यश बर्ष विधालयमा नयाँ आउने विधार्थीहरु १४० जना रहेका छन ।

प्रकाशित मिति: २०२४-०६-०६ , समय : १८:२०:५० , २ हप्ता अगाडि