नोवेल अस्पतालमा स्वास्थ्य विमा चल्ने, अरु १२ अस्पतालमा सेवा थप

इनेपालपत्र , १२४६  पटक हेरिएको

विराटनगर, १८ जेठ । लामो समय देखि स्वास्थ्य विमा बन्द भएर हैरानी बेहोरिरहेका सेवाग्रही अब स्वास्थ्य बिमा बाट उपचार पाउनेभएका छन । नोवेल मेडिकल कलेज सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पतालमा स्वास्थ्य विमा सञ्चालन हुने भएपछि अब जनताले स्वास्थ बिमा मार्फत आफ्नो उपचार गर्न पाउने भएका हुन  ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, काठमान्डौ मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, विराट मेडिकल कलेज मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, , चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्कोमा आगामी असार मसान्त पछि स्वास्थ्य विमा संचालन हुनेछ ।

पुर्वका केही ठुला स्वास्थ्य संस्थामा स्वास्थ्य विमा कार्यक्रम बन्द हुदाँ सेवा ग्राही मार्कामा परेका थिए । अव भने स्वास्थ्य सेवा लिने मानिसलाई नोवेल लगायतका ठुला अस्पताले स्वास्थ्य विमा मार्फत सेवा दिनेछन् । यसले जनतामा ठुलो राहत मिलेको छ ।

 

प्रकाशित मिति: २०२४-०५-३१ , समय : १७:५१:०७ , १ वर्ष अगाडि