जनप्रगतिशिल मञ्च युएईले अबुधाबीमा मनायो नयाँ वर्ष

इनेपालपत्र , ५७२  पटक हेरिएको

फडिन्द्र ढकाल

युएई, २ बैशाख ।नेपाली जनप्रगतिशील मञ्च युएईको अबुधाबी क्षेत्रले शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्रुज पार्टी आयोजना गरेको छ ।

कार्यक्रममा युएईमा रहेका नेपालीहरुले लक्जरी क्रुजमा नाचगान गर्दै केक काटेर नयाँ वर्ष मनाएका छन् । कार्यक्रममा झन्डै डेढ सय नेपालीहरु सहभागी भएका थिए ।

कार्यक्रममा नेपालीहरुले नाचगान गर्दै केक काटेर एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । आयोजकले जहाज भित्रै सहभागीहरुका लागि डिनर पार्टीको समेत व्यवस्था गरेको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव रामकुमार परियार , राष्ट्रिय स्वतन्त्र पार्टी अबुधाबी क्षेत्रका अध्यक्ष भोला ढकाल , नेपाली सेफ सोसाईटी अबुधाबी क्षेत्रका अध्यक्ष श्याम लाम्गादे , रास्वपा अबुधाबी क्षेत्रका सदस्य वीर बहादुर थापा ९विवेक० लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक नेपाली जनप्रगतिशिल मञ्च अबुधाबी क्षेत्रकी अध्यक्ष अश्मि स्याङ्तान तामाङ र उपाध्यक्ष साजन श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सपना तामाङले गरेकी थिईन ।

प्रकाशित मिति: २०२४-०४-१४ , समय : १६:१३:३२ , २ हप्ता अगाडि